कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्द समूहका ५ नेता पक्राउ

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रहरीले प्रदेशका विभिन्न ठाउँबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ५ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्यदेखि जिल्ला तहका नेता रहेका छन् ।

चन्द समूहका ५ नेता पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान सुर्खेतको भेरीगंगा नगरपालिका-५ भर्लेनीबाट केन्द्रीय सदस्य एवं भेरी ब्युरो इन्चार्ज बलबहादुर वली र भेरी ब्युरो सदस्य तथा सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का पक्राउ परेका छन् ।


उनीहरूबाट पार्टीका विभिन्न दस्ताबेजसमेत बरामद गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले बताए । 'लुकिछिपी बैठक तथा अन्य गतिविधि गरिरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो,' उनले भने, 'सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि समूहका नेता-कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ ।'


प्रहरीले जाजरकोट जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगु जिल्ला कमिटी सदस्य अजपाल बुढा र मुगु जिल्ला कमिटी सदस्य दीपकबहादुर साउदलाई पनि पक्राउ गरेको छ ।

उनीहरूलाई राज्यविरुद्धको अपराधमा अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको मंगलबार प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी शाहले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?