१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

३२ केजी चरेस सहित ६ पक्राउ

काठमाडौँ — अवैध लागूऔषध चरेसको ओसारपसार तथा कारोबारमा संलग्लन भएको आरोपमा प्रहरी परिसर काठमाडौंले तीन जना र लागू औषध नियन्त्रण ब्युरोले तीन जनालाई पक्राउ गरेको छ । 

३२ केजी चरेस सहित ६ पक्राउ

प्रहरी परिसर काठमाडौंले बलम्बुबाट १५ केजी चरेस सहित दिनेश कार्की, सुनिता तिम्सेना र विश्वास थापालाई पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौँका अनुसार धादिङबाट चरेस किन्ने र काठमाडौँमा बेच्ने योजना बनाएको देखिन्छ ।


ब्युरोले भने सुनसरी इटहरीका राज कुमार गुरुङ, झापा मेची नगरपालिका-४ का सञ्जय दर्जी र मनोज दर्जीलाई १७ केजी चरेस सहित झापाको टोकला बगानबाट पक्राउ गरेको हो ।



प्रकाशित : जेष्ठ ८, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?