१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पाँचथर हत्याकाण्ड : अन्तेष्टिका लागि शव ल्याइँदै 

ज्ञानु घिमिरे

पाँचथर — सोमबार राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा हत्या गरिएका ९ जनाको शब पोस्टमार्टमपछि गाउँ ल्याइँदै छ ।

पाँचथर हत्याकाण्ड : अन्तेष्टिका लागि शव ल्याइँदै 

प्रहरीका अनुसार बमबहादुर फियाक परिवारका ४ जनाको आरूबोटेमा मै अन्तेष्टि गरिने छ । बाँकी ५ जना धनराज शेर्माको परिवारलाई उनको पुख्र्यौली घर घर मांङजाबुङ लगिने पाँचथर प्रहरीले जनाएको छ । धनराज ससुराली घर नजिक जग्गा खरिद गरेर बस्दै आएका थिए । शव ल्याइसकेपछि अन्तेष्टिका लागि आफन्तलाई जिम्मा लगाइनेे छ ।


उनीहरुकाे हत्यामा संलग्न झुन्डिएर आत्महत्या गरेका मनकुमार माखिमसँग अरु पनि पनि थिए वा थिएनन् भन्ने पत्ता लागेको छैन् ।

प्रहरीले माखिमका निकट व्यक्ति, परिवार र टेलिफोनको कल डिटेललाई अनुसन्धान गरिरहेको छ । भागेर बाँच्न सफल भएकी सीता खजुमलाई पनि अनुसन्धानका लागि पाँचथर ल्याइने प्रहरी नायब उपरीक्षक नरेद्र कुँवरले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?