२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

भारतीय लोकसभा निर्वाचनको मतगणना : के दोहोरिएलान् मोदी ? 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रिक मुलुक भारतको तल्लो सदन लोकसभा निर्वाचनको मतगणना स्थानीय समयअनुसार बिहान आठ बजेबाट सुरु भएको छ । आज हुने ५४२ (५४३ मध्ये एउटा सिटको चुनाव रद्द) लोकसभा सिट मतगणनाले आगामी पाँचवर्षका लागि दिल्लीको सत्ताको संरचना र समिकरण पनि तय गर्ने छ । आजको मतगणनाले नरेन्द्र मोदीले पुनः दोहोरिएलान् ? 

भारतीय लोकसभा निर्वाचनको मतगणना : के दोहोरिएलान् मोदी ? 

भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत ल्याउला ? सत्ताधारी गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) को हैसियत कस्तो रहला ? जस्ता प्रश्नहरुको उत्तर समेत दिनेछ । त्यतिमात्र होइन चुनावमा सत्तारुढ गढबन्धन एनडीएले प्रधानमन्त्री मोदीलाई नै पोष्टरब्यायका रुपमा मतदातासमक्ष प्रस्तुत गरेको हुँदा बिहीबारको मतपरिणमलाई मोदीको स्वीकार्यताको परीक्षा पनि ठानिएको छ ।

त्यतिमात्र होइन, भारतीय राष्ट्रिय कांग्रेसलगायतका विपक्षीहरुका लागि त्यत्तिकै महत्वपूर्ण छ । किनकि यो चुनावलाई विपक्षी कांग्रेसका नयाँ अध्यक्ष राहुल गान्धी र दुई महिनाअघि मात्र महासचिव बनाइएकी प्रियंका गान्धीको नेतृत्व क्षमताको जनपरीक्षणका रुपमा पनि भनिएको छ ।

त्यसैगरी यो चुनाव क्षेत्रिय दलहरु अखिलेश यादवको समाजवादी पार्टी (सपा), मायवातीको बहुजन समाज पार्टी (बसपा), लालु यादवको राष्ट्रिय जनता दल (राजद) का साथै अरविन्द केजरीवालको आमआदमी पार्टी (आप) को सान्दर्भिकताको परीक्षा पनि भएको राजनीतिक विश्लेषकहरुको भनाई छ । ११ अप्रिलदेखि सुरु भएर गत आइतबार अन्तिम तथा सातौं चरण सम्पन्न १७ औं लोकसभा निर्वाचनमा करीब ९० करोड मतदातामध्ये करीब ६० लाखले मतदान गरेका थिए ।

आइतबार अन्तिम चरणको मतदान सकिए लगत्तै सार्वजनिक आधा दर्जनभन्दा भन्दा बढी मतसर्वेक्षणहरुले सत्तारुढ दल भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत प्राप्त गर्ने भविष्यवाणी गरेको पछि त बिहीबार भइरहेको मतगणना प्रतिको व्यग्रता थप बढेको देखिन्छ । मतसर्वेक्षणले कुनै पनि गठबन्धनले बहुमत नल्याउने चुनाव अघिका भविष्यणीलाई गलत साबित गर्दै सत्तारुढ भाजपा नेतृत्वको एनडीएले २८० देखि ३०० सिटसहित पुनः सत्तामा फर्कँने प्रक्षेपण गरेका छन् ।

साथै विपक्षी कांग्रेसको नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) ले १४० को हाराहारीमा मात्र सिट जित्ने प्रक्षेपण एग्जिट पोलहरुको छ । तर, विपक्षीहरु कुनै एउटा गठबन्धनको स्पष्ट बहुमत नआउने र सरकार निर्माणका लागि सबै विकल्प खुल्ला रहने कुरामा आशावादी रहेको पाइन्छ ।

त्यही विश्वास र आशाका साथ उनीहरु एग्जिट पोलहरुले गरेका भविष्यवाणीलाई ठाडै नकार्दै मतपरिणाम पछिको रणनीति बनाउन व्यस्त देखिन्छन् । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ आवश्यक पर्छ ।

यसपटक इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम) को अन्तिम नतिजा र इभिएमसँग जडान गरिएको भीभीपीएटी मेसिनबाट निस्कने पर्चासँग समेत रुजु गरिने हुँदा विगतमा भन्दा मतगणनाको अन्तिम नतिजा आउन केही ढिलो हुने अनुमान गरिएको छ ।

भारतको सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले लोकसभा निर्वाचनमा इभिएम मेशिनको नतिजा र मतदाताले एभिएममा बटन थिच्नासाथ सँगै रहेको भिभिएटी मेसिनबाट निस्कने आफूले मतदिएको पार्टीको चुनाव चिन्हसहितको पर्चासँग रुजु गराउने व्यवस्था गरेको हो ।

अदालतले इभिएमको विश्वसनियतामाथि प्रश्न उठेपछि प्रत्येक विधानसभा सिटमा कम्तीमा पाँचवटा मतदान केन्द्रमा इभिएमको परिणाम र भिभिपिएटि पर्चा रुजु गर्न आयोगलाई आदेश दिएको हो । आदेशअनुसार ४ हजार १२० विधान सभा सिटमा प्रत्येकमा पाँचवटा दरले २० हजार ६०० सिट मतदान केन्द्रमा पर्चा र एभीएमको अन्तिम परिणामलाई रुजु गरिने आयोगले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?