२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आरुबोटे हत्याकाण्ड : मृतकहरुको दुई स्थानमा अन्त्येष्टि गरिँदै 

ज्ञानु घिमिरे

पाँचथर — सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्त्येष्टि गरिने छ । 

आरुबोटे हत्याकाण्ड : मृतकहरुको दुई स्थानमा अन्त्येष्टि गरिँदै 

यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडा भन्ने ठाउँमा अन्तेष्टि गर्ने तयारी भएको छ । स्थानीय गणेशप्रसाद लुइँटेलका अनुसार एउटै चित्तामा शव जलाउनका लागि शवको प्रकृति हेरेर चित्ता निर्माण गरिएको छ । जसका लागि दुई स्थानमा दुईवटा चित्ता निर्माण गरिएको छ ।

शवहरु जलाउनका लागि सम्पूर्ण तयारी सकिएको भएपनि मृत्यकका आफ्न्तहरु नआएकाले आफ्न्तहरुको पर्खाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । झुन्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको भने शव धरानस्थित घोपा क्याममा पोस्टमार्टम भइरहेको छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।


प्रकाशित : जेष्ठ ९, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?