भारतीय चुनावको औपचारिक नतिजा घोषणा हुनुपूर्व नै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको लोकसभा चुनावको औपचारिक नतिजा घोषणा हुनुपूर्व नै आफ्नो समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत जीतको बधाई दिएका छन् ।

भारतीय चुनावको औपचारिक नतिजा घोषणा हुनुपूर्व नै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई


बिहीबार बिहान ८ बजेबाट भारतको लोकसभाको ५४२ सीटका लागि सात चरणमा गरेर सम्पन्न भएको चुनावको मतगणना थालिएको थियो । मतगणनामा सत्तारुढ दल बिजेपी २९७ स्थानमा अगाडि देखिएको छ भने प्रतिपक्षी दल कंग्रेस जम्मा ५५ सीटमा अगाडि छ ।


बिजेपी नेतृत्वको एनडीएले ३४५ स्थानमा अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी कंग्रेस नेतृत्वको यूपीए गठबन्धले जम्मा ९५ स्थानमा मात्रै अग्रता प्राप्त गरेको छ ।


बिहीबार बेलुकासम्ममा अधिकांश चुनावी क्षेत्रको मतगणनाको नतिजा आइसक्ने बताइएको छ ।



प्रकाशित : जेष्ठ ९, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?