कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय पर्सा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई (तरकारी जोन) का प्रमुख वीरेन्द्रप्रसाद सिन्हासहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

फर्जी बिल र समिति बनाएको तथा किसानको अनुदान र सुविधा कटौती गरेर डेढ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


मुद्दा दायर गरिएकोमा सिन्हासहित लेखापाल सत्यनारायण सहनी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई पर्साका सञ्चालक समिति अध्यक्ष रामेश्वर महतो कोइरी, राकेशकुमार महतो, नितु कन्स्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादव छन् । उनीहरूविरुद्ध बिगोबराबर जरिवानाका अतिरिक्त जेलसजाय मागदाबी गरिएको छ ।


यसैबीच अख्तियारले बाग्लुङ जिल्ला बडीगाड गाउँपालिका–७ को श्री माझखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापक विजयबहादुर थापाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापान गएकामा थापा र मतियार आकाश थापाले शिक्षिकाको नाममा २०७३ फागुनसम्मको तलबभत्ता खाई भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर अख्तियारले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?