कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उग्रतारा मन्दिरको जग्गा कब्जा प्रकरण : प्रशासनद्वारा छानबिन सुरु

डीआर पन्त

डडेलधुरा — जिल्ला प्रशासन कार्यालय डडेलधुराले उग्रतारा मन्दिरको जग्गा विवाद सुल्झाउन पहल गरेको छ । प्रशासनले जिल्ला मालपोत, नापी र सम्बन्धित वडालाई मन्दिरको जग्गा खोजबिनका  विषयमा पत्राचार गरेको छ ।

उग्रतारा मन्दिरको जग्गा कब्जा प्रकरण : प्रशासनद्वारा छानबिन सुरु

मन्दिरको हजारौं रोपनी अतिक्रमण हुंँदै आएको समाचार कान्तिपुर दैनिकमा प्रकाशन भएको थियो । ‘प्रदेशको प्रमुख धार्मिक पर्यटकीय केन्द्रको जग्गा विवाद समाधान गर्ने पहल सुरु गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने, ‘उग्रतारा मन्दिरसँंगै जिल्लामा अतिक्रमण भएका सवै सार्वजनिक र सरकारी जग्गा खाली गर्ने अभियान समेत प्रशासनले सुरु गरेको छ ।’ कुनै समय हजारौं रोपनी भएको उग्रतारा मन्दिरका नाममा नगरपालिकाका बिभिन्न वडामा गरि १ सय ५८ रोपनी जग्गाको मात्र वैधानिकता भेटिएको पौडेलले वताए ।


यसअघि मन्दिर क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले मन्दिरका नाममा १ सय ८० रोपनी मात्र दर्ता रहेको जानकारी दिएका थिए । ‘मन्दिरको अन्य जग्गाका बिषयमा खोजविन सुरु गरिएको छ,’ प्रजिअ पौडेलले भने ‘अधिकांस जग्गा २०३३ सालको नापीका समयमा ब्यक्तिका नाममा नापी भइसकेको देखिइएको छ ।’


कुनै समय उग्रतारा गुठी अन्तरगत रहेको तर २०३३ को नापी र बिभिन्न समयमा छुट दर्ता गरि ब्यक्तिका नाममा दर्ता भइसकेको बाहेक पनि धेरै जग्गा अझै ऐलानी सरह छ । तत्कालीन ४ गाउँ पञ्चायत पोखरा, भूमिराज, सहस्रलिंग र खलंगा मात्र नभइ प्राचीन समयमा हालको नवदुर्गा गाउंँपालिका सम्म उग्रतारा गुठीको जग्गा रहेको स्थानीयको भनाइ छ ।


विभिन्न समयमा बिभिन्न संघसंस्थाको घर निर्माण गर्न अतिक्रमित भएका जग्गाको खोजविनसमेत सुरु भएको प्रशासनले जानकारी दिएको छ । मुख्य राजमार्ग छेउ र बजार नजिकका सार्वजनिक जग्गामा विभिन्न संघसंस्थाका भवन निर्माण भइसकेका छन् । जिल्लामा पछिल्लो दशक वन क्षेक्र धेरै अतित्रमित भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?