कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

७ करोड ६७ लाख ९४ हजारको भारतीय नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट पक्राउ [अपडेट]

पाकिस्तानबाट नक्कली नोट बोकेर नेपाल आएका ३ जनालाई लिन विमानस्थल पुगेका थिए युनुस
जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यस्तै उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

७ करोड ६७ लाख ९४ हजारको भारतीय नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट पक्राउ [अपडेट]

६७ वर्षीय नासिर उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई प्रहरीले विमानस्थल भित्रको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु कतारको दोहाबाट बिहान सवा ८ बजे नेपाल अवतरण गरेका थिए ।

युनुससँग रहेका सोहेल खान र गाडी चालक सुजन रानामगर पनि पक्राउ परेका हुन् ।


नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका ६७ वर्षीय नासिर उद्दिन ।

विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले ठूलो परिमाणको भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेको र उनीहरुसँग दुईवटा सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको पुष्टी गरे ।

नसिरुद्धिनको साथमा रहेको सुटकेसमा २ हजार दरको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँको बण्डलहरु रहेको बताइएको छ ।


एउटा सुटकेसमा रहेको नोट गनेर अर्को सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ ।

भारतमा नोटबन्दी भएपछि २ हजार दरका नक्कली नोट यति ठूलो परिमाणमा फेला परेको यो पहिलो घटना हो ।

प्रकाशित : जेष्ठ १०, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?