कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सहकारी संस्थामा ठगी गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ — सहकारी संस्थामा ठगी गरी ८ वर्षदेखि फरार उदयपुर हडिया १ का दिलीपकुमार चौधरी पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा २०६९ असोज २७ गते एक वर्ष कैद र २० लाख ९५ हजार जरिवाना तोकिएका फरार चौधरीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सुनसरीबाट शुक्रबार पक्राउ गरेको जनाएको छ ।

चौधरीलाई अदालतको आदेशले कैद भुक्तानको लागि शुक्रबार नै कारागार कार्यालय झुम्का पठाइएको छ ।


उनलाई आधुनिक बहुउदेश्यीय सहकारी संस्था वनस्थलीका सचिव ईन्द्रप्रसाद अर्यालको जाहेरीका आधारमा पक्राउ गरिएको हो । दिलीप २०६६ सालदेखि उक्त सहकारीमा लेखा प्रमुखको रुपमा कार्यरत थिए । उनले आर्थिक वर्ष २०६७-६८ मा पटक-पटक गरी सहकारीमा जम्मा भएको रकम रु. २० लाख ९५ हजार २६५ बैंकमा जम्मा गरेको नक्कली स्टेटमेन्ट लगायत कागजातहरु नक्कली बनाई ठगी गरेका थिए ।


प्रकाशित : जेष्ठ १०, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?