१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजपासहित साना दलहरु मोर्चाबन्दीको प्रयासमा

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा)सहितका साना दलहरुले मोर्चाबन्दीको प्रयास थालेका छन् । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै शुक्रबार नेपाल लोकतान्त्रिक पार्टीको आयोजनामा अनामनगरमा ती दलहरुको संयुक्त बैठक बसेको हो । बैठकमा सहभागी अधिकांश दलीय प्रतिनिधिले विचार, मुद्दा मिल्ने दलहरुबीच मोर्चाबन्दी गर्ने र सकेसम्म एकीकरणसम्म जानुपर्ने धारणा राखेका लोकतान्त्रिक पार्टीका महासचिव देवबहादुर दुराले जानकारी दिए ।

राजपासहित साना दलहरु मोर्चाबन्दीको प्रयासमा

उनका अनुसार बैठकमा राजपा, संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, आदिवासी जनजाति पार्टीसहित एक दर्जनभन्दा बढी दलका प्रतिनिधि उपस्थित थिए ।


भानुराम थारु नेतृत्वको लोकतान्त्रिक पार्टीले यसअघि पनि मोर्चा बनाउने उद्देश्यले पटक पटक साना दलहरुसँग छलफल गर्दै आएको थियो । महासचिव दुराले फेरि पनि सामूहिक र छुट्टाछुट्टै छलफल गरी चाँडो निकास निकाल्नेमा नेताहरु सहमत रहेको बताए ।

प्रकाशित : जेष्ठ १०, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?