कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दिने कार्यक्रम गरी कांग्रेसले गणतन्त्र दिवस मनाउने 

काठमाडौँ — कांग्रेसले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले जेठ १४ देखि १६ गतेसम्म प्रभातफेरी, अन्तर्क्रिया लगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । 

तीन दिने कार्यक्रम गरी कांग्रेसले गणतन्त्र दिवस मनाउने 

बैठकपछि प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले विज्ञप्ति निकालेर जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया, १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने र १६ गते ‘संघीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।


काठमाडौं उपत्यकामा भने बिहान ६:३० बजे शान्ति बाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै सहरका विभिन्न चोक परिक्रमा गरी पुनः शान्ति बाटिका कार्यक्रम समापन गरिने छ । साथै, साँझ ६:३० बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?