२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दार्चुलामा वृद्ध दम्पतीको हत्या 

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–३ काटैस्थित जाखमा शनिबार राति एक वृद्ध दम्पतीको हत्या भएको छ । अन्दाजी ७० वर्षीय वृद्धा द्रोपति महरा र उनका श्रीमान् ७५ वर्षीय वीरभान महराको अज्ञात व्यक्तिले आक्रमण गरी हत्या गरेको प्रहरीले बताएको छ ।

दार्चुलामा वृद्ध दम्पतीको हत्या 

आइतबार बिहान अबेरसम्म घरको आधा ढोका खुल्लै देखेपछि स्थानीयले अहिलेसम्म किन उठेनन् भनी घरभित्र हेर्दा द्रोपति मृत अवस्थामा र उनका श्रीमान् वीरभान र नातिलाई घाइते अवस्थामा भेटिएको स्थानीय राजेन्द्रप्रसाद जोशीले बताए । वीरभानको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।


घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रविन्द्र कठायतका अनुसार गाउँभन्दा तल बङ्गाबगड–दल्लेक सडक किनारमा वृद्ध दम्पती आफ्ना नातिसँगै बस्दै आएका थिए । आक्रमणमा परी घाइते दम्पतीका १४ वर्षीय नाति लोकेशलाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरी निरीक्षक काठायतले जानकारी दिए ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धनगढीबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ । दम्पतीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । दम्पतीका दुई छोरा भारतमा कार्यरत छन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?