प्रहरी उच्च स्रोतले भन्यो- 'विस्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता हुनसक्छन्'
काठमाडौँ — काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ ।