कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

इदमा राष्ट्रिय बिदा माग

काठमाडौँ — मुस्लिम आयोगले इस्लामका दुई इद (इदउल फित्र र इदउल अजहा) र मोहम्मद जयन्तीको बिदा घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै नजिकिन लागेको इल उल फित्रसहित इदउल अजहा (बकर इद) र मोहम्मद जयन्तीमा राष्ट्रिय बिदा दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

इदलगायतका बिदालाई सरकारले कटौती गरी सामुदायिक बिदाका रूपमा समायोजन गरेको छ ।


आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रधानमन्त्रीलाई भेटेर विगतमा इदमा दिइँदै आएको सार्वजनिक बिदा यस वर्षदेखि कायम गराउन ध्यानाकर्षण गराइएको बताए । ओलीले आगामी मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल गरी निर्णय लिने बताएका छन् ।


आयोगले गत चैत ११ मा इदमा सार्वजनिक बिदा घोषणा माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएको थियो ।


संविधानले धार्मिक स्वतन्त्रता एवं बहुधार्मिक र बहुसांस्कृतिक विशेषतामूलक देश घोषणा गरेको स्मरण गराउँदै आयोगले सामुदायिक पर्वका रूपमा मिलान भएका दुइटा इद र मोहम्मद जयन्तीलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गर्न आग्रह गरेको हो ।

प्रकाशित : जेष्ठ १२, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?