कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । 

गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

काठमाडौँको दुई स्थानमा आइतबार विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।


बैठकमा गृह सचिव प्रमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअ सहभागी थिए । बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरुले घटनामा मृत्यु भएका र घाइते भएका व्यक्तिका विवरण, घटनास्थलको अवस्थालगायतका बारेमा मन्त्री थापालाई जानकारी गराएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?