गुडिरहेकाे ट्रकमा बम प्रहारबाट चालक घाइते, जिपमा आगजनी प्रयास  

नारायण शर्मा

नवलपरासी — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले महेन्द्रराजमार्गमा गुडिरहेको ट्रकमा बम प्रहार गरेका छन् । सोमबार बिहान २ बजे दाउन्नेबाट नारायणगढतर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्र्कमा अरुणखोलाको जंगलमा बम प्रहार गरेको प्रहरीले जनाएको छ । 

गुडिरहेकाे ट्रकमा बम प्रहारबाट चालक घाइते, जिपमा आगजनी प्रयास  

बम प्रहारबाट ट्रक जलेर नष्ट भएको र चालक दमौलीका ३३ वर्षीय अमर विक भाग्न सफल भएका छन् । विकको शरीर केहीभाग डढेको अरुणखोला प्रहरी कार्यालयका इन्चार्ज सुन्दर गुरुङले जानकारी दिए । घाइते विककाे अरुणखाेला स्थित मनकामना पाेलिक्लिनिकमा उपचार भइरहेकाे छ ।

बम प्रहारबाट घाइते ट्रकचालक अमर विक ।


त्यस्तै नवलपरासीकै डण्डामा पनि गुडिरहेको जिपमा आगजनीको प्रयास गरिएको छ । आगजनीबाट प्रयासबाट जिपको त्रिपाल डढेको छ ।

त्यसैगरी दुर्गम पहाडी बुलिंटारको खेतमा सिलिण्डर बम जलाएको स्थानीयले टेलिफोनमा जानकारी दिएका छन् ।


सोमबार चन्द समूहले आव्हान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बिहानै देखि राजमार्ग सुनसान बनेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?