१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेत्रविक्रम चन्दको बन्द : देशका विभिन्न ठाउँमा बम निष्क्रिय

ट्रक र बसमा आगजनी
जनकराज सापकोटा

काठमाडौँ — प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले देशभर विभिन्न स्थानमा सवारीमाथी आगजनी गरेका छन् । प्रहरीका अनुसार रामेछापमा न ८ ख ३७७० नम्बरको टिपरमाथि आगजनी गरेर पूर्ण क्षति भएको छ । त्यस्तै मकवानपुरमा ना ७ ख ९४९३ नम्बरको ट्रक आगजनीले पूर्ण क्षति भएको छ ।

नेत्रविक्रम चन्दको बन्द : देशका विभिन्न ठाउँमा बम निष्क्रिय

मकवानपुरमै ना ६ ख ८०७९ नम्बरको ८०७९ नम्बरको ट्रकमा चन्द समूहका कार्यकर्ताले पेट्रोल छर्केर आगजनी गरेका छन् ।


चन्द कार्यकर्ताले सुर्खेतमा मध्यपश्चिम यातायात समितिको ना २ ख ७४४४ नम्बरको खाली बसमा समेत आगजनी गरेका छ । त्यस्तै नवलपरासीको कावासोतीमा बा ३ च ९३ नम्बरको खाली जिपमा पेट्रोल छर्केर आगजनी गरेका छन् ।


प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोख्रेलले आइतबार र सोमबार गरी देशभरीबाट चन्द समूहका १३ जना नेता कार्यकर्ता पक्राउ परेको बताए । उनले बन्दको प्रभाव सामान्य रहेको बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा ७ जना काठमाडौंबाट, ४ जना ललितपुरको पाटनबाट, १ जना झापाको विर्तामोडबाट र एक जना रुकुमबाट छन् । प्रवक्ता पोख्रेलले बन्द र आगजनीमा परी आज दिनभरमा कुनै मानवीय क्षति नभएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७६ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?