२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बजेट भाषण : प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याइने

काठमाडौँ — सरकारकाले आगामी आर्थिक वर्षमा मुलुकका प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले आर्थिक ०७६/७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले मुख्य सहरुमा विद्युतीय बसहरु सञ्चालनमा ल्याउने बताए । यस्तै विभिन्न सहरहरुमा चार्जिङ स्टेशनको निर्माण पनि गरिने उनले बताए ।

बजेट भाषण : प्रमुख सहरहरुमा विद्युतीय बस सञ्चालनमा ल्याइने

नयाँ सहर निर्माणका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । मेगा सिटी र स्मार्ट सिटी निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री खतिवडाले बताए ।

जनता आवास कार्यक्रम अन्तर्गत ३० हजार घर निर्माणका लागि ४ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । अगामी आर्थिक वर्षमा २० हजार घरका खर र फुसको छाना फेर्ने सरकारको योजना छ । यसका लागि ५३ करोड बजेट विनियोजन गरिएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?