बजेट भाषण : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब
काठमाडौँ — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षभित्र विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको तयारी छ । विमानस्थलको ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमुख प्राथमकितामा राखिएको बताए ।
यस्तै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ८ अर्ब बजेट विनियोजन गरिएको छ । विमानस्थल सन् २०२० को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थलनको धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ ।
काठमाडौँ उपत्यका नजिकै अर्को आन्तरिक विमानस्थल निर्माण गरिने सरकारको लक्ष्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा अगाडि बढाउने लक्ष्य राखिएको अर्थमन्त्री खतिवडाले बताए । केही विमानस्थललाई रात्रिकालिन उडान हुने गरी व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए ।
प्रकाशित : जेष्ठ १५, २०७६ १८:०८