१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुनःनिर्माणमा एक खर्ब ४१ अर्ब रुपैयाँ

काठमाडौँ — आर्थिक वर्ष २०७६/७७ को बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि एक खर्ब ४१ अर्ब बजेट विनियोजन गरिएको छ । 

पुनःनिर्माणमा एक खर्ब ४१ अर्ब रुपैयाँ

आगामी आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माण सम्पन्न गर्न ५८ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा युवराज खतिवडाले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको वक्तव्यमा उल्लेख छ ।


धरहरा आगामी वर्षभित्र सम्पन्न गर्न रु एक अर्ब बजेटको व्यवस्था गरिएको छ । भूकम्पले क्षति पुगेका सम्पदा दुई वर्षभित्रमा पुनःनिर्माण गरिसक्ने बजेटको लक्ष्य छ । पुनःनिर्माणमा स्थानीय समुदायसँग साझेदारी गरिने नीति बजेटको छ ।

स्थानीय पूर्वाधार कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रका लागि रु छ करोड व्यवस्था भएको छ । तराई–मधेस समृद्धि कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।


विद्यालयको भौतिक संरचना निर्माणमा स्थानीय समुदायसँग साझेदारी गर्ने नीति अवलम्बन गरिने र भूकम्पबाट क्षति पुगेका सबै विद्यालयहरुको पुनःनिर्माण कार्यमा तीव्रता ल्याइने अर्थमन्त्री खतिवडाको भनाइ छ।


प्रकाशित : जेष्ठ १५, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?