कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

व्यक्तिगत आयमा ४ लाखसम्म कर नलाग्ने

यज्ञ बञ्जाडे

काठमाडौँ — वार्षिक चार लाख रुपैयाँसम्मको आयमा कर छुट हुने भएको छ । सरकारले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को बजेट मार्फत व्यक्तिगत आयकरको सीमा ५० हजारले बढाएर वार्षिक चार लाख रुपैयाँ पुर्‍याएको हो ।

यसअघि यस्तो सीमा साढे तीन लाख रुपैयाँ थियो ।


विवाहित व्यक्ति (दम्पती) को हकमा आयकरको सीमा वार्षिक साढे ४ लाख रुपैयाँ पुगेको छ । यो पनि गत वर्षको तुलनामा ५० हजार रुपैयाँले बढी हो । यसअघि यस्तो सीमा ४ लाख रुपैयाँ थियो । उल्लिखित सीमाभित्र रहेका व्यक्तिले आयकर तिर्नु पर्दैन । उनीहरूले सामाजिक सुरक्षा बापत एक प्रतिशत कर मात्र तिरे पुग्छ ।


यसबाहेक अरू करका दरहरू यथावत् राखिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?