कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार फेर्ने दाहालको संकेत बारे प्रधानमन्त्रीले भने– ‘एक वर्ष हैन ४/५ दिनमात्र बाँकी छ’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको 'आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको बताएका छन् । 

सरकार फेर्ने दाहालको संकेत बारे प्रधानमन्त्रीले भने– ‘एक वर्ष हैन ४/५ दिनमात्र बाँकी छ’

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको विषय भएको बताए । उनले अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएको समेत बताए ।

नेकपाका अध्यक्ष दाहालले एक टेलभिजिनसँगकाे अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको 'आलोपालो सरकार चलाउने’ सहमतकिो प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए ।


कुराकानीका क्रममा एकीरणका बेलाको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद एकवर्ष मात्रै बाँकी छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै एक वर्ष हैन ४/५ दिन मात्रै बाँकी छ भन्दै हाँसेर जवाफ फर्काएका थिए ।

अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्ष ओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएकाे सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

याे पनि पढ्नुहाेस् ‍.......

दाहालले बढाए दबाब

प्रकाशित : जेष्ठ १७, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?