पत्रकारलाई गालीगलौच गरेको आरोपमा पक्राउ परेका शाहीको समर्थनमा ट्रमा सेन्टर अगाडि नाराबाजी

फातिमा बानु

काठमाडौँ — आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीको रिहाईको माग गर्दै काठमाडौंको ट्रमा सेन्टरको गेट अगाडि उनका समर्थकहरुले होहल्ला गरिरहेका छन् । होहल्ला र घेराउका कारण केही बेर अस्पताल परिसर तनावपूर्ण बनेको थियो । शाही प्रहरीले जेठ १५ गते वीरेन्द्रनगरको खुलामञ्चबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

पत्रकारलाई गालीगलौच गरेको आरोपमा पक्राउ परेका शाहीको समर्थनमा ट्रमा सेन्टर अगाडि नाराबाजी

शाहीलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लिएर जान लाग्दा उनका समर्थकहरु विरोधमा उत्रिएका हुन् ।


शाहीले वैशाख १८ गते कृषि विकास मन्त्रालयको सभाहलमा भ्रष्टाचारसम्बन्धी एक कार्यक्रम गर्न खोजेको र उक्त कार्यक्रममा पत्रकारको उपस्थिति नभएको भन्दै फेसबुकमार्फत् पत्रकारहरुलाई अपशब्द प्रयोग गरी गालीगलौच गरेको भिडिओ सार्वजनिक गरेका थिए ।


एक अनलाइनले शाहीसँग लिएको अन्तर्वार्तामा उनले पत्रकारविरुद्ध अपशब्द प्रयोग गरेकाले पत्रकार महासंघका सुर्खेत जिल्ला शाखा अध्यक्ष गणेशकञ्चन भारती र कर्णाली प्रदेश समिति अध्यक्ष दुर्गा थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कारबाहीको माग गर्दै उजुरी दिएका थिए।


सोही उजुरीका आधारमा सुर्खेत प्रहरीले विवादित अन्तर्वार्ता दिएका शाहीलाई वीरेन्द्रनगरको खुलामञ्चबाट पक्राउ गरेको थियो । उनलाई १५ गते नै सुर्खेतबाट काठमाडौं ल्याइएको थियो । सुर्खेतमा पक्राउ गरेर काठमाडौं ल्याउँदा शरिरमा केही सामान्य चोट लागेकाले ड्रेसिङ तथा उपचारक गर्नका लागि उनलाई जेठ १७ ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।


पत्रकार महासंघ कर्णाली शाखाले जारी गरेको प्रेस विज्ञप्ती :



प्रकाशित : जेष्ठ १९, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?