२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुई अधिकृतसहित चार पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र प्रहरी अधिकृतसहित चार जनालाई घूस रकमसहित पक्राउ गरेको छ ।

दुई अधिकृतसहित चार पक्राउ

माडी-लुंग्र्री करिडोर सिँचाइ आयोजना, रोल्पाका इन्जिनियर तारा श्रेष्ठलाई योजनाको अन्तिम बिल भुक्तानीका बेला सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घूससहित समातिएको अख्तियारले जनाएको छ ।


अख्तियारले इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई समेत पक्राउ गरेको छ । प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिकाअन्तर्गत नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग लिएको १५ हजार रुपैयाँ घूससहित बस्नेतलाई समातिएको अख्तियारको भनाइ छ ।


मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई पनि अख्यितारले घूससहित पक्राउ गरेको छ । स्वामित्व विवादका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेको गोकर्णेश्वर नगरपालिका ४ मा रहेको जग्गाको प्रमाणित मिसिल उपलब्ध गराउन सेवाग्राहीसँग २ हजार रुपैयाँ घूससहित श्रेष्ठ पक्राउ समातिएका थिए ।


सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण, हजमिनिया रौतहटका जवान अरुण झा पनि पक्राउ परेका छन् । उनले नेपाल-भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ । चारै जनालाई हिरासतमा राखी भ्रष्टाचार अभियोगमा छानबिन भइरहेको छ ।



प्रकाशित : जेष्ठ २४, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?