१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दुई अध्यक्ष बीच अन्तरविरोधको मूल्य राष्ट्रले तिर्ने गरी पार्टी बन्न हुँदैन :  नेता भुसाल 

माधव ढुंगाना

भैरहवा — नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले पार्टीमा अन्तरविरोधको समस्या चर्को रुपमा देखा पर्न थालेको बताएका छन् । 

दुई अध्यक्ष बीच अन्तरविरोधको मूल्य राष्ट्रले तिर्ने गरी पार्टी बन्न हुँदैन :  नेता भुसाल 

लुम्बिनी प्रेस क्लब रुपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै सांसद भुसालले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्नुपर्ने गरि पार्टी बन्न नहुने बताए ।


दुई अध्यक्ष बीच ढोका थुनेर बन्द कोठामा गरिएको सहमति र छलफल के थियो भन्ने जानकारी पार्टीमा हुनुपर्ने उनले बताए । ९५ प्रतिशत बहुमत विधिले संचालन हुनुपर्ने भए पनि पार्टी विधिमा जान नसकेकाले यसको जवाफ दुवै अध्यक्षले दिन सक्नु पर्ने उनले बताए । यसको जवाफ दिने अझ बढी दायित्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भएको भुसालले बताए ।

पार्टीका दुईजना अध्यक्ष बीचको सहमति कसको पक्षमा छ भनेर खोजिनु भन्दा ठूलो कुरा विधिको भएको भनाइ उनको थियो ।


पार्टीमा नियम विधिले भन्दा केही सिमित व्यक्तिको स्वेच्छाचारी प्रवृति हावी हुने गरेको आरोप समेत उनले लगाए ।

प्रकाशित : जेष्ठ २६, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?