कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गुठी विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन, प्रहरीले बल प्रयोग गरेपछि केही प्रदर्शनकारी घाइते 

काठमाडौँ — सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो ।

गुठी विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन, प्रहरीले बल प्रयोग गरेपछि केही प्रदर्शनकारी घाइते 

प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।


गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी दिएका छन् । विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ ।


मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् । परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?