१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रसुवागढीमा कन्टेनर व्यवसायी आन्दोलित

बलराम घिमिरे

रसुवा — यातायात सञ्चालन अस्तव्यस्त भएको भन्दै रसुवागढी नाकाका कन्टेनर व्यवसायीहरु सोमबार देखि आन्दोलित भएका छन् । उनीहरुले रसुवागढी नाकाबाट केरुङ जाने कन्टेनर राेकेका छन् ।

रसुवागढीमा कन्टेनर व्यवसायी आन्दोलित

सामान आयात गर्न केरुङ जाने कन्टेनर चल्न रोक लागाइएको व्यवसायीहरुले बताएका छन् । केरुङबाट सामान लिएर आएका कन्टेनरलाई रोक नलगाइएको व्यवसायी पेम्बा तामाङले बताए । अहिले सञ्चालनमा रहेको आलोपालो प्रणाली सञ्चालन हुनुपर्ने व्यवसायीहरुको प्रमुख माग रहेको तामाङले बताए । उनीहरुले माग सम्बोधन नभएसम्म कन्टेनर नचलाउने घोषणा गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाले पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो हुनुपर्ने बताएको छ । केरुङ जान कन्टेनर रोक लगाएपछि टिमुरेदेखि तातोपानीसम्म कन्टेनरको लाइन लागेको छ ।

जसले गर्दा सडक अस्तव्यस्त बनेको छ । कन्टेनर व्यवसायीहरुले रसुवागढी नाकालाई व्यवस्थापन गर्न पाँच बुँदे माग राखेका छन् । व्यवसायीहरुको नेतृत्वमा आलोपालो प्रणाली लागू हुनुपर्ने, मेसवालाले आवश्यक गाडी टिमुरेबाट जिम्मा लिएर लैजाने र केरुङमा सामान नपाई महिनौंसम्म बस्नुपर्ने गाडीवालाहरूको समस्या समाधान गर्नुपर्ने, टिमुरेस्थित ट्राफिक जामको अन्त्य गर्नुपर्ने र गाडी तथा व्यावसायको सुरक्षा हुनुपर्ने माग राखेको व्यवसायी किप्पा ग्याल्बो घलेले बताए ।

सामाजिक न्यायको आधारमा सबैले समान बोक्न पाउने गरी सबै गाडीलाई ‘क्यू सिष्टम’ मिलाउन सरोकारवाला पक्षलाई व्यवसायीहरुले आग्रह समेत गरेका छन् ।

रसुवागढी नाका अति अव्यवस्थित भएकाले लामो समयसम्म केरुङ बस्नु पर्ने, पार्किङ र बसाइँ खर्च बढ्ने, बाटो साँघुरो भएकाले पहिरोको जोखिम मोल्नु पर्ने र सवारी जाम लगायत विभिन्न दुखः भोग्नु परेको व्यावसायीहरुले बताएका छन् । आलोपालो प्रणालीमा ८३५ वटा कन्टेर आवद्ध छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?