१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षी फिलिप एडुवार्डसँग भेटवार्ता गर्ने

ददि सापकोटा

पेरिस — युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहिवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो । वार्ता एक घण्टा चल्ने छ ।

प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षी फिलिप एडुवार्डसँग भेटवार्ता गर्ने

वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध भएको ७० औं वर्ष भएकाले दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ । लामो समयपछि नेपालमा स्थिर सरकार रहेको, संविधान बनेको र अन्तर्राष्ट्रिय लगानीमा सरकार प्रतिवद्ध रहेकाले फ्रान्सेलीहरुलाई नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गर्ने छन् ।

दुई समकक्षीबीचको वार्तापछि प्रधानमन्त्री ओली बिहिबार साँझ नै राष्ट्रिय सभामा मैत्री समूहको अध्यक्ष भेरोनिक रिओतों र राष्ट्रिय सभाले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने छन् । रात्रीभोजकै क्रममा नेपाल र फ्रान्सको संसदीय मैत्री संघका बीच के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने छ । ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तो दिने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो बेलायतको लण्डनबाट सार्वजनिक रेल चढेर पेरिस आउने कार्यक्रम रहेको छ । विमानबाट आउँदा विमानस्थलमा लामो समय लाग्ने भएकाले छिटो यात्राकालागि रेलबाट आउन लागेको राजदूत दिपक अधिकारीले बताए ।

पेरिस आए लगत्तै यहाँको उद्योग वाणिज्य महासंघ (मुभमँ देजँथरफ्रिज द फँस) का अधिकारीहरुसित संयुक्त लगानीका विषयमा छलफल हुँदै छ । नेपालमा लगानीकालागि उपयुक्त वातावरण बनेकाले फ्रान्सेली उध्योगी व्यवसायीहरुलाई लगानीकालागि आस्वस्त पार्ने जानकारी फ्रान्सकालागि नेपाली राजदूत दिपक अधिकारीले दिए ।

लगानीका विषयमा अहिले नै सम्झौता हुने स्पष्ट नभएपनि हालको वार्ताबाट उपयुक्त विषयमा छलफल गरी भविष्यमा संयुक्त लगानीकालागि योजना बन्न सक्ने अधिकारीले कान्तिपुरलाई बताए ।

बिहिबार उनले पेरिसस्थित नेपाली व्यवसायीहरुसित भेटघाट गरी नेपालमा लगानीकालागि आव्हान गर्नेछन् । प्रवासी नेपालीहरुलाई लगानीकालागि आव्हान गरेपनि लगानीको लागि सुरक्षित वातावरण नबनेको भन्दै त्यसमा प्रधानान्त्रीका तर्फबाट निस्चित गर्नुपर्ने माग राखिने नेपाली व्यवसायीहरुको नेतृत्व गरेका कमल अधिकारीले बताए ।

व्यापारीहरुसितको भेटघाटपछि दिउँसो २ः४० बाट नेपाली र नेपाललाई माया गर्ने फ्रान्सेलीहरुका बीच प्रधानमन्त्रीको अन्तक्रिया कार्यक्रम राखिएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सको हिमाली क्षेत्र सामोनीकालागि प्रस्थान गर्ने छन् । युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लाँ (४८१० मिटर) रहेको यो क्षेत्रमा नेपाल र नेपालीलाई माया गर्ने, नेपालमा अनुसन्धान र विभिन्न संस्थामार्फत सहयोग लैजाने फ्रान्सेलीहरु धेरै भएकाले प्रधनान्त्रीले त्यहाँका फ्रान्सेलीहरुसित भेटघाट गर्न चाहेको जानकारी पनि राजदूत अधिकारीले दिए ।


प्रकाशित : जेष्ठ २८, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?