पोखराको उत्तम चोकमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलायो, एक घाइते, एक फरार

दीपक परियार

पोखरा — पोखराको उत्तम चोकमा सादा पोसाकमा खटिएको लागु औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली प्रहार गरेको छ ।

उत्तम चोकमा रहेको एक क्याफेमा लगभग १२:३० बजे ग१३प ८२२८ नम्बरको मोटरसाइलमा पुगेका कारोबारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले प्रतिकार गरेपछि गोली चलाउनु परेको बताइएको छ। प्रहरीको गोली लागि पोखरा-१० का गोविन्द थापा घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। उनलाई हाल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट लगिएको छ।

थापासँगै रहेका अर्को एकजना भने भाग्न सफल भएका छन्। प्रहरीले उनको खोजी भइरहेको बताएको छ। सो घटनामा एकजना प्रहरी पनि घाइते भएका छन्।

प्रकाशित : जेष्ठ २९, २०७६ १३:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मिडिया काउन्सिल र गुठी सम्बन्धी विधेयक ल्याउँदा तयारी पुगेन : दाहाल 

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुने बताएका छन् । 

बुधबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले भने ‘मिडिया काउन्सिल विधेयकलाई पनि आवश्यक परिमार्जन गरेर अगाडि लैजानु पर्छ भन्ने छ । गुठी विधेयकमा पनि बहस चलेको छ । त्यसलाई पनि परिमार्जन गर्नुपर्छ ।’

चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित सासंद पनि रहेका नेता दाहालले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको पनि स्वीकार गरे । विधेयक ल्याउन सरकारले नजानेको हो वा जनताले नबुझेको हो भन्ने पत्रकारहरुको प्रश्नमा दहालको जवाफ थियो ‘जत्ति गृहकार्य भएर चीजहरु आउनुपर्ने थियो त्यसमा केही कमी रहेको देखियो । सरकार र पार्टी यसमा सतर्क भएको छ । र आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गरेरै विधेयक ल्याउने तर्फ लाग्ने छौं ।’

प्रकाशित : जेष्ठ २९, २०७६ १२:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT