२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गुठी विधेयकको समस्या समाधान न्यायपूर्ण तरिकाले गर्न सरकारसँग माग

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले गुठी विधेयकको समस्या समाधान न्यायपूर्ण तरिकाले गर्न सरकारसँग माग गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माले बुधबार विज्ञप्ति निकालेर गुठी विधेयकका प्रावधानविरुद्ध प्रदर्शनमा उत्रिएकाप्रति सरकारले दमन गरेकोमा विरोध जनाउँदै आन्दोलनमा घाइते भएकाहरुको उचित उपचारको व्यवस्थापन गर्न र न्यायपूर्ण समाधानको लागि माग गरेका हुन् ।

गुठी विधेयकको समस्या समाधान न्यायपूर्ण तरिकाले गर्न सरकारसँग माग

'गुठी व्यवस्थित गर्ने नाममा सरोकारवाला पक्षसँग छलफलै नगरी नागरिकको सांस्कृतिक भावनाको कदर र सम्पूर्ण सुरक्षाको योजना नबनाइ किन विधेयक निर्माण गरिँदैछ', विज्ञप्तिमा लेखिएको छ, 'तसर्थ यसको विरुद्ध उठेका जनताको शान्तिपूर्ण र वैधानिक संघर्षमा जुन बर्बर दमन भयो हाम्रो पार्टी त्यस खाले दमनको घोर निन्दा गर्दछ ।'


वर्तमान सरकार जनअधिकार कुल्चिँदै फाँसीवादको अभ्यास गरिरहेको आरोप लगाउँदै सदनमा प्रस्तुत गरिएको गुठी विधेयक पनि त्यसको एक उदाहरण भएको चन्द समूहको ठहर छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?