प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर

रासस

काठमाडौँ — युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लन्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिसतर्फ लागेका छन् ।

प्रधानमन्त्री ओली रेल चढेर पेरिसतिर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य लगायतको टोली केहीबेर अघि पेरिस हिँडेको हो ।


सोमबार लन्डन पुगेका प्रधानमन्त्री ओलीले समकक्षी टेरेजा मेसँग भेटवार्ता, नेपाली समुदायको भेट तथा अन्तर्क्रिया गरेका थिए ।


यो पनि

........

संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार दिउँसो लन्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।


यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लन्डनस्थित नेपाली दूतावासमा बुधबार नै शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले बुधबार नै शिष्टाचार भेट गर्दै छन् । प्रधानमन्त्री ओली बुधबार नै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?