कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

छोरी बलात्कार गर्नेलाई जन्मकैद

स्याङ्जा — छोरीलाई बलात्कार गरेको अभियोगमा पुतलीबजार नगरपालिका–३ का एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा थियो । ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् ।

छोरी बलात्कार गर्नेलाई जन्मकैद

जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संहिताअनुसार हाडनातामा मात्रै १० वर्ष र थप जन्मकैद हुने गरी फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद आचार्यले जनाए ।


जिल्ला अदालतले जबरजस्ती करणीका अरु तीन अभियुक्तलाई पनि सजाय तोकेको छ । पुतलीबजार नगरपालिका–१ हुलाक रोडस्थित रेमन्ड टेलर्सका नैयर अहमदलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति, स्थानीय तरकारी व्यापारी एवं ट्याक्सी चालक दीपक नेपाली र खुमादेवी मानन्धरलाई ४/४ वर्ष कैद सजाय तोकिएको हो । उनीहरू २ वर्षअघि १४ वर्षीया किशोरीमाथिको करणी मुद्दामा संलग्न थिए ।


यसैगरी अर्की १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा पुर्पक्षमा रहेका १९ वर्षीय प्रकाश नेपालीलाई पनि जिल्ला अदालतले सोमबार ७ वर्ष कैद तोकेको छ । पर्वतको कुस्मा–१४ घर भई हाल पुतलीबजार–१ गौरीबजार बस्दै आएका प्रकाशविरुद्ध पीडितले ०७५ वैशाख ३० गते जिल्ला प्रहरीमा जाहेरी गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?