कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

छिमेकमा भोज खाएका ३० जना बिरामी, १९ जना अस्पताल भर्ना 

हरिहरसिंह राठौर

धादिङ — निलकण्ठ नगरपालिका-११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाएका ३० जना बिरामी परेका छन् । स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै बुधबार रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन् । चिकित्सकका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । 

छिमेकमा भोज खाएका ३० जना बिरामी, १९ जना अस्पताल भर्ना 

भोज खाएर बिरामी भएका ३० जनामध्ये १९ जना जिल्ला अस्पतालमा उपचारमा राखिएको स्वास्थ्यकर्मी सुजन घलेले बताए । उनका अनुसार सोही घरमा भोज खाएका सुकौरा र भार्मलेमा पनि २० जना बिरामी परेको खबर आएको छ । बिरामीको परीक्षण चलिरहेको अस्पतालले जनाएको छ ।




प्रकाशित : जेष्ठ ३०, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?