२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तालिमरत ५ प्रहरी जवान अचानक बिरामी 

पर्वत पोर्तेल

काँकडभिट्टा — दमकको पाथीभरा सशस्त्र प्रहरी बल तालिम केन्द्रमा तालिम गरिरहेका ५ जना जवान अचानक बिरामी हुँदा अस्पताल भर्ना गरिएको छ । सशस्त्र प्रहरी जवानहरु संखुवासभाका प्रशान्त थुलुङ, दिपक कुलुङ, भोजपुरका भरत कपाली, उदयपुरका देवचन्द्र राई र इलाम यमकुमार दियाली छन् ।

तालिमरत ५ प्रहरी जवान अचानक बिरामी 

उनीहरु पाँचै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बिरामीमध्ये प्रशान्त थुलुङको अवस्था सख्त छ ।


सशस्त्र प्रहरी सीमा सुरक्षा बल झापाका एसपी रेशमकुमार थक्सुले नियमित व्यायामका क्रममा जवानहरु अचानक बेहोस भएको र सशस्त्र प्रहरी बल पूर्वक्षेत्रीय कार्यालयको निगरानीमा उनीहरुको उपचार भइरहेको छ ।


धरानको बीपी प्रतिष्ठानमा उपचाररत प्रहरी जवानहरु । तस्बिर : कान्तिपुर

प्रकाशित : जेष्ठ ३०, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?