कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गुठी प्रथा सामन्तवादको स्वरूप : मन्त्री बाँस्कोटा

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी प्रथा सामन्तवादको स्वरूप भएकाले त्यसलाई समेत सुधार्न गुठी विधेयक आएको प्रतिक्रिया दिएका छन् । विधेयकमा कहीँकतै कमजोरी भए छलफल गर्न सरकार तयार रहेको उनको भनाइ छ । ‘सबै क्षेत्रमा परिवर्तन गर्नुपर्छ ।

गुठी प्रथा सामन्तवादको स्वरूप : मन्त्री बाँस्कोटा

सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्ने हाम्रो चाहना होइन,’ बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संवाद गरेर कुरा टुंग्याउँला ।’


नयाँ कानुन बन्ने क्रममा त्यसले कहीँकतै समस्या निम्त्याउने उनको भनाइ छ । ‘सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?’ उनले प्रश्न गरे, ‘गुठी, बेखारी, हलिया, कम्लरीजस्ता प्रथाले सामन्तवादको आर्थिक, सामाजिक एवं राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, तिनलाई हामीले भत्काउन खोजेका मात्र हौं ।’


उपत्यकाभित्र सांस्कृतिक विषयसँग गुठी जोडिएको र बाहिर फरक रहेको उनले बताए । ‘मेरै गृह जिल्ला काभ्रेको पलाञ्चोक भगवतीमा २७ सय परिवारले गुठीको जमिन प्रयोग गरेका छन् । जग्गा व्यक्तिकै नाममा छ । तर त्यसलाई गुठी जनाइएको छ,’ उनले भने, ‘उनीहरूलाई घर बनाउन पनि गाह्रो छ । यस्ता समस्या समाधान गर्नुपर्छ ।’


देशभरका गुठीसम्बद्ध सरोकारवालासँग सरकारले संवाद जारी राखेको उनको भनाइ छ । पशुपतिबारे विवाद उब्जिएको र त्यसले महत्त्व नघटाएको उनको दाबी छ । ‘हामीले आमूल परिवर्तन गर्छौं भन्ने तर परिवर्तनचाहिँ गर्नु नपर्ने ?’ उनले भने, ‘यथास्थितिबाट परिवर्तन हुन्न ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?