कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पप्पुलाई कारबाही गर्न निर्देशन 

विमल खतिवडा

काठमाडौँ — संसदको विकास तथा प्रविध समितिले गुणस्तर नपुर्‍याइ काम गर्ने र त्यसको जवाफदेहीता समेत नलिने निर्माण व्यवसायी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न गर्न निर्देशन दिएको छ । काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरि निर्माण अघि बढाउने उक्त कन्स्ट्रक्सनलाई कारवाही गर्न सुझाव दिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन । 

पप्पुलाई कारबाही गर्न निर्देशन 

अरनिको राजमार्ग अर्न्तगत तीनकुनेस्थित वागमती नदीमा निर्माणाधीन पुलमा समस्या देखिएपछि समितिले ०७६ जेठ २ गते स्थलगत अवलोकन गरेको थियो । अनुगमनका क्रममा पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो ।

तर व्यवसायीले उक्त निर्देशनको पालना नगरी पुलको सव-स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ । उक्त पुलको ठेक्का ०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने गरी ०७१ पुष ४ गते ठेक्का भएको थियो । २१ करोड ३३ हजारमा ठेक्का भएको उक्त पुलको अझै निर्माण सम्पन्न हुन सकेका छैन । पुलको ठेक्का उपत्यका सडक विस्तार आयोजनाले गरेको हो ।

पढ्नुहोस् समितिले तयार पारेको प्रतिवेदन :

प्रकाशित : जेष्ठ ३१, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?