१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपा अध्यक्ष दाहालद्वारा दिवंगत पौडेलप्रति श्रद्धाञ्जली

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताले पूर्वमन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका छन् । शुक्रबार चितवनको माडी पुगेर अध्यक्ष दाहाल, नेकपाका नेता वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री एवं नेकपाका नेता रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखडेल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ लगायतले दिवंगत पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

नेकपा अध्यक्ष दाहालद्वारा दिवंगत पौडेलप्रति श्रद्धाञ्जली

पूर्व शिक्षामन्त्री पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो ।


नेता पौडेलका सहयोगी ओमनाथ पाण्डेका अनुसार बिहान पौने ६ बजे बेहोस भएर लडेका पौडेललाई सवा ७ बजे चितवनको माडीस्थित बघौडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । २०२३ सालमा स्याङ्जामा जन्मेका पौडेलको परिवार ३४ सालदेखि चितवनमा बसोबास गर्दै आएको छ। उनी नेकपाका केन्द्रीय सदस्य थिए ।


पौडेल दोस्रो संविधानसभामा समानुपातिक सभासद् चयन भएका थिए । पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री भएका थिए । श्रीमती र दुई छोरी रहेका पौडेलको माडीमै दाह संस्कार हुने नेकपा माडीका नेता नारदमणि पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?