२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘गुठी र मिडिया विधेयक फिर्ता नभए आन्दोलन’

सुवास बिडारी

(मकवानपुर) — पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गुठी र मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । गुठी विधेयकले देशमा धार्मिक द्वन्द्व बढ्ने सम्भावना रहेकाले यसमा पुनर्विचार गर्न उनको भनाइ छ ।

‘गुठी र मिडिया विधेयक फिर्ता नभए आन्दोलन’

नेपाल सांस्कृतिक संघको सभापति भेलालाई सम्बोधन गर्न हेटौँडा आइपुगेका देउवाले सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको आरोप लगाए । गुठी र मिडिया विधेयक फिर्ता नलिए सरकारविरुद्ध कांग्रेस कठोर भएर उत्रिने उनको चेतावनी छ । ‘गुठी र मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पारित हुन दिँदैनौँ,’ देउवाले भने, ‘गुठी विधेयक फिर्ता लिएर हाम्रो परम्परा, संस्कृति र धर्म संरक्षणको सुनिश्चितता गर्न जरुरी छ ।’


सरकार द्वन्द्व बढाउनेतर्फ उद्यत् रहेको उनको आरोप छ । लेखेको र बोलेका आधारमा जेल जानुपर्ने अवस्था सिर्जना भएकोतर्फ पनि उनले संकेत गरे । ‘लेखेको र बोलेका आधारमा धमाधम जेल हाल्न थालिएको छ । जनतालाई स्वतन्त्रता दिलाउन कांग्रेस अधिनायकवादी सरकारसँग लड्न तयार छ,’ उनले भने ।


भेलामा नेपाल सांस्कृतिक संघका ७७ जिल्लाका सभापतिको सहभागिता रहेको संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले जानकारी दिए । दुई दिन चल्ने भेलामा कांग्रेस महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत सहभागी छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?