३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउँछौ : प्रधानमन्त्री (भिडियोसहित) 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।   

गुठी विधेयकमा भूलवश गल्ती भए सच्याउँछौ : प्रधानमन्त्री (भिडियोसहित) 

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार जनतालाई दुखी बनाउन चाहदैन । खुसी भएको हेर्न चाहन्छ । यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन ।’

प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए ।

उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए । प्रधानमन्त्रीकाेलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पाेखरेल, सभामुख कृष्णबहादुर महरा, नेकपाका नेताहरुलगायत पुगेका थिए ।

प्रकाशित : असार १, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?