कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात प्रदेशले सवा २ खर्बको बजेट ल्याउँदै

काठमाडौँ — सातवटै प्रदेश आफ्नो दोस्रो बजेट आज प्रदेश सभामा पेश गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान (बजेट) ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले आज सबै प्रदेशको बजेट आउँदै छ । 

सात प्रदेशले सवा २ खर्बको बजेट ल्याउँदै

सबै प्रदेश अर्थमनत्रीहरुले आज साँझ प्रदेशसभामा आफ्नो बजेट पेश गर्नेछन् । पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत खर्च गरेका प्रदेश सरकारले बजेटको आकार पनि राम्रैसँग बढाउने तयारी गरिरहेका छन् । सबै प्रदेशले करिब २ खर्ब ३० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरिरहेको बुझिएको छ ।


गत वर्ष २ खर्ब ६ अर्ब रुपैयाँको बजेट प्रदेश सरकारहरुले ल्याएका थिए । सबैभन्दा ठूलो प्रदेश तीनको बजेट हुने छ । सबैभन्दा सानो सुदुरपश्चिमको हुने अनुमान गरिएको छ । प्रदेश सरकारका लागि महत्वपुर्ण स्रोत केन्द्र सरकारले दिने अनुदान जेठ १५ को बजेटले निश्चित गरिसकेको छ ।


केन्द्र सरकारले ल्याएको बजेटमार्फत ४ प्रकारका अनुदानको रकम, राजस्व बाँडफाँट र प्राकृति स्रोतको रोयल्टीको रकम निश्चित भइसकेको छ । आन्तरिक राजस्व, आन्तरिक ऋण लगायत आफ्नो आम्दानीको अनुमानित रकमलाई आधार मानेर प्रदेश सरकारले बजेटको कुल आकार तय गरेका छन् । सबैजसो प्रदेशले आउदो वर्षका लागि बजेट औसतमा १७ प्रतिशतले वृद्धि गर्ने योजनामा छन् ।


प्रकाशित : असार १, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?