कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गुठी विधेयकले संस्कारमाथि धावा’

नवलपुर — कांग्रेस महामन्त्री शशांक कोइरालाले वर्तमान सरकारले गुठीलाई चलाएर नेपालीको पहिचान र संस्कारमाथि धावा बोलेको आरोप लगाएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले जनताको इच्छाविपरीत काम गरेर सरकारले आफ्नो आयु छोट्याइरहेको बताए ।

‘गुठी विधेयकले संस्कारमाथि धावा’

‘गुठी, अदालत, सञ्चार क्षेत्र सबैलाई आक्रमण गरेर सरकारले अधिनायकवाद लाद्न खोजेको छ,’ उनले भने ।


कोइरालाले विधेयकका नाममा सरकारले निरंकुशता लाद्न खोजेकाले कांग्रेसले डटेर सामना गर्ने बताए । कार्यक्रममा अन्य दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई कोइरालाले फूलमाला र अबिरले स्वागत गरेका थिए ।

प्रकाशित : असार १, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?