१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

युट्युबर गौतम रिहा

काठमाडौँ — चलचित्रको व्यंग्यात्मक समीक्षा गर्दा पक्राउ परेका प्रनेश गौतम आइतबार अपराह्न साधारण तारिखमा रिहा भएका छन् ।

युट्युबर गौतम रिहा

‘स्ट्यान्ड अप कमेडियन’ का रूपमा परिचित गौतमविरुद्ध प्रहरीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा साइबर क्राइम ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले मुद्दामाथि थुनछेक बहस गर्दै आइतबार गौतमलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।


प्रहरीले चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेकामा साइबर क्राइम ऐनअन्तर्गत गौतमलाई जेठ २५ मा पक्राउ गरेको थियो । गौतमले युट्युब च्यानल मिम नेपालमा चलचित्रको भिडियो समीक्षा गरेका थिए ।


प्रकाशित : असार १, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?