२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

त्रिवि सेवा आयोगमा तालाबन्दी

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अनियमित ढंगले सञ्चालन गरेको परीक्षा खारेजीको माग गर्दै अनशनरत विद्यार्थीहरुले साेमबार आयाेगमा तालाबन्दी गरेका छन् ।  

त्रिवि सेवा आयोगमा तालाबन्दी

त्रिविस्थित आयोग परिसरमा ३० दिनदेखि अनशन बस्दा पनि माग सुनुवाइ नभएको विद्यार्थीले तालाबन्दी गरेका हुन ।


मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीनिकट विद्यार्थी संगठनले अनशन जारी राखेकाे थियाे । उक्त स‌ंगठनले आयाेगका पदाधिकारीलाई भित्र पस्न नदिने भन्दै मूलगेटमा तालाबन्दी गरेकाे हाे ।

उनीहरूले ‘भ्रष्ट पदाधिकारी’ लाई बर्खास्त गर्नुपर्ने र अनियमित तरिकाले लिएको परीक्षाको नतिजा रद्द गर्नुपर्ने लगायत माग राखेका छन् ।


प्रकाशित : असार २, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?