कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बझाङमा जिप दुर्घटना, ९ को मृत्यु (अपडेट)

मौसमका कारण उद्धार कार्यमा कठिनाइ 

बझाङ — जयपृथ्वीनगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको जिप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । से १ झ १०७२ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा ६ जना घाइते भएका छन् । जिपमा कति यात्रु थिए भन्ने यकिन नभएका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बझाङमा जिप दुर्घटना, ९ को मृत्यु (अपडेट)

एकाएक मेघगर्जन सहित ठुलो पानी र हावाहुरी चलेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा रहेका डीएसपी सूर्यबहादुर केसीले बताए । हुम्लाबाट घाइतेलाई उद्धार गर्न आएको हेलिकप्टर पनि अवतरण गर्न समस्या भइरहेको उनले बताए ।


उद्धार कार्यको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थल मै घाइतेको प्राथमिक उपचार गरिरहेको र उद्धारको लागि हुम्लाको सिमिकोटबाट हेलिकप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताएका छन् ।


मानिसहरू सहजै जान नसक्ने भिरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाइ भइरहेको घटनास्थलमा रहेका प्रजिअ सुनारले जानकारी दिए । स्थानीय बासिन्दाको सहयोगमा बाटो खनेर केही प्रहरी र स्थानीयहरू घटनास्थल पुगेको उनले बताए ।


मष्टा गाउँपालिका वडा नं १ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको जिप करिब एक किलोमिटर तल रहेको अनागाडमा खसेको प्रत्यक्षदर्शी दीपक खड्काले जानकारी दिएका छन् ।

मृत्यु हुने सबै मष्टा गाउँपालिका १ कोटदेवलका रहेको भए पनि कसैको पनि सनाखत हुन सकेको छैन ।

प्रकाशित : असार २, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?