कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकारले गुठी विधेयक फिर्ता लियो

काठमाडौँ — सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।

सरकारले गुठी विधेयक फिर्ता लियो

मन्त्री अर्यालले सरोकारवालासँग थप छलफल र परामर्श गर्ने उद्देश्यले विधेयक फिर्ता लिइएको प्रस्ट पारिन् । विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्ने र शान्तिपूर्ण वातावरण खलबल्याउने परिस्थिति सिर्जना गरिएको भन्दै मन्त्री अर्यालले असन्तुष्टि पोखिन् ।

संघीय संसद्‌मा दर्ता भएको गुठी विधेयक विरोधमा उपत्यकासहित मुलुकभर आन्दोलन चर्किएपछि सरकार पछि हट्न बाध्य भएको हो ।


विज्ञप्ति


यो पनि

गुठी विधेयकमा पछि हट्न सत्तापक्षकै दबाब

प्रकाशित : असार ३, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?