कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीले भने, 'माइतीघर मण्डला त साँच्चैको माइतीघर भइरहेछ'

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आवेष र उत्तेजनामा आएर कुनै पनि विरोध नगर्न सरोकारवालालाई अपील गरेका छन् । विभिन्न विधेयकका विरुद्धमा माइतीघर मण्डलामा भइरहेको विरोधप्रति लक्षित गर्दै उनले परिस्थिति बिगारेर आफ्नो दूनो सोझ्याउनका निम्ति सधैं माइतीघर मण्डला नजान आग्रह गरे ।

व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीले भने, 'माइतीघर मण्डला त साँच्चैको माइतीघर भइरहेछ'

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने, समस्याको समाधान संसद् र संवादबाट गर्न सकिने उपाय सुझाए । समस्यालाई लिएर आन्दोलन गर्नुपर्ने जरुरी नरहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘द्वन्द्व र लडाइँ संवादबाट टुंगिन्छ भने सानातिना कुराहरु वातचितबाटै टुंगिन्छ ।’ व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीले भने, 'माइतीघर मण्डला त साँच्चैको माइतीघर भइरहेछ । यताउता केही भयो कि हुर्रर कुदेर जाने । मलाई घरमा यस्तो गरे भन्ने जस्तो गरेर ।'


उनले अहिलेको सरकार लोकतान्त्रिक आन्दोलन, बलिदान दिएर आएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध रहेको बताए । सरकारले समृद्धिको काम अगाडि लगेको छ भन्दा केही तत्व आत्तिएका प्रधानमन्त्रीको टिप्पणी थियो । उनले सरकार जनाताको चाहनाबमोजिम काम गर्ने प्रस्ट्याए । प्रधानमन्त्रीले भने, ‘जनताले जे चाहन्छन् सरकारले त्यही गर्छ । देशको समृद्धि र विकास यसको अभिष्ट हो । सुशासन र विकास यो सरकारको मूलमन्त्र हो र त्यसलाई साकार पार्दै अगाडि बढ्छ ।’

प्रकाशित : असार ३, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?