कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राष्ट्रियसभा गएनन् प्रधानमन्त्री  

काठमाडौँ — प्रतिनिधिसभामा प्रतिपक्षी कांग्रेसको अवरोधका कारण बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभामा गएनन् । प्रतिनिधिसभाको सम्बोधनपछि प्रधानमन्त्रीले राष्ट्रियसभामा पनि सम्बोधन गर्ने सम्भावना थियो । त्यस अनुसारको परम्परा चल्दै पनि आएको छ । तर, उनी त्यता नगएर पत्रकार सम्मेलन मार्फत आफ्ना विषयहरू सार्वजनिक गरेका छन् ।

राष्ट्रियसभा गएनन् प्रधानमन्त्री  

त्यही अनुसार प्रधानमन्त्री कार्यालयबाट राष्ट्रियसभा सचिवालयलाई समय व्यवस्थापनका लागि भनिएको थियो । तर, प्रतिनिधिसभामा प्रधानमन्त्रीले बोल्ने कार्यक्रम बिथोलिएपछि उताको कार्यक्रम पनि रोकियो । कार्यसूची तय गर्नुपूर्व नै प्रधानमन्त्रीको सचिवालयबाट प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन नगर्ने सूचना आएपछि उनको सम्बोधनलाई कार्यसूचीमा राखिएको थिएन ।


कसले बोल्ने विषयमा प्रतिनिधिसभामा विवाद बढेर अवरुद्ध भएपनि राष्ट्रियसभा भने सहज ढंगले सञ्चालन भएको थियो । सत्ता र प्रतिपक्षका नेताले समय लिएर बोलेका थिए । नेकपा नेता दिननाथ शर्माले राष्ट्रियसभामा पेस भएर प्रक्रियामा रहेको गुठी विधेयक बारे प्रतिनिधिसभामा छलफल हुनु ठिक परम्परा नरहेको बताए । ‘विधेयक यहाँको प्रक्रियामा छ । तर, त्यस विषयमा प्रतिनिधिसभामा चर्को स्वर गुन्जिएको छ । के ठिक हो ?,’ उनले भने ‘हाम्रो क्षेत्राधिकारलाई हस्तक्षेप गरेर त्यहाँ विषय उठाइएको छ । त्यो विधि र परम्परा विपरीत छ । त्यसप्रति दुःख व्यक्त गर्दछु ।’


कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले सरकारले एकपछि अर्को विवादित विधेयकहरू ल्याएकाले ती सबै फिर्ता हुनुपर्ने माग गरे । ‘विवादित सबै विधेयक फिर्ता लिई सरोकारवालाहरूसँगको छलफलपछि विधेयकहरू ल्याइनुपर्छ,’ उनले भने ‘त्यसले संसद्को गतिविधिलाई पनि सहज बनाउँछ ।’ उनले सदन प्रतिपक्षीको हुने अभ्यास विपरीत प्रतिपक्षीको आवाजलाई सदनमा दबाउन खोजिए त्यो सडकमा पोखिने उल्लेख गरे ।

प्रकाशित : असार ३, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?