कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कतारमा सात नेपाली अलपत्र

डम्बरसिं राई

खोटाङ — कतारको दोहास्थित अल्सादमा ७ नेपाली २५ दिनदेखि अलपत्र परेका छन् । मेनपावर कम्पनीले सम्झौता गरे अनुसारको काम नदिएकाले मे २२ तारिखदेखि अलपत्र परेका हुन् । 

कतारमा सात नेपाली अलपत्र

खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री अलपत्र परेका हुन् । त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुलिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान पनि अलपत्र परेका छन् ।


उनीहरू काठमाडौंको गोंगबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालि मार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए । ‘हामीलाई १२ देखि १४ सयसम्म दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिएको हो ।’ तामाङले भने, ‘अहिले न काम पाइएको छ, न खाना नै ।’


सबैलाई एकै ठाउँ काम पाइने आश्वासन दिएको तर अहिले भने नपाएको तामाङले दुखेसो सुनाए । यसबारेमा त्यहाँस्थित नेपाली राजदूतावासमा फोन गर्दा समेत बेवास्ता गरेको तामाङले गुनासो सुनाए । ‘हाम्रो बेहाल भएपछि एमबेसीमा फोन गर्‍यौँ ।’ तामाङले भने, ‘दूतावासले आफूहरूलाई बोलाए पनि जाने खर्च नहुँदा समस्या छ ।’


सन्देश केसी नाम बताउने मेनपावर कम्पनी सम्बद्ध व्यक्तिलाई आफूहरू अलपत्र परेको जानकारी गराउँदा उल्टै थर्काएको तामाङले सुनाए । ‘पैसा मैले मात्र खाएको छैन, त खातेहरूले जे–जे गर्छस् गर भनेर थर्कायो ।’ तामाङले भने, ‘यसो भनेपछि हामी ठगिएको थाहा भयो ।’

प्रकाशित : असार ३, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?