२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लोकसेवा विवादको सुनुवाई बुधबार

काठमाडौँ — सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको उक्त विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो ।

लोकसेवा विवादको सुनुवाई बुधबार

ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय गरिएको छ ।


आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाई भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने तय भएको हो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो ।


प्रकाशित : असार ३, २०७६ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?